logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • आईएमई पे स्क्यान गरि किराना सामान खरिद गर्दा दश प्रतिशत छुट

    आईएमई पे स्क्यान गरि किराना सामान खरिद गर्दा दश प्रतिशत छुट

    9.1K
    SHARES
    आईएमई पे स्क्यान गरि किराना सामान खरिद गर्दा दश प्रतिशत छुट

    काठमाडौं । आइएमई पेले आफ्ना प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरमा किराना सामान खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ।



    आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको आईएमई पेले जनाएको छ। स्टोरहरुमा विभिन्न ‘क्युआर’ प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आईएमई पेले ‘स्क्यान एनी क्युआर’ अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्यूआर स्कान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको जनाएको छ।

    यो अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आईएमई पे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्युआर स्कान गरी भुक्तानी गर्न मिल्नेछ। प्रयोगकर्ताहरुले यो अफर एकपल्ट मात्र प्रयोग गर्न पाउनु पाउनेछन्। छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट