logo

२०८१ माघ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ माघ २०८१
  • पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

    पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

    • artha chautari
    • शुक्रबार, २० फाल्गुन २०७८
    1.7K
    SHARES
    पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८८७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ भने ९ लाख ५८ हजार १९३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ८ जना कोरोना संक्रमित थपिएका छन् ।


    artha chautari
  • शुक्रबार, २० फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट