logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • आर्थिक क्षेत्रमा पहुँच बढे मात्रै महिला अधिकार सुनिश्चित हुन्छः महिला तथा बालबालिका मन्त्री रेग्मी

    आर्थिक क्षेत्रमा पहुँच बढे मात्रै महिला अधिकार सुनिश्चित हुन्छः महिला तथा बालबालिका मन्त्री रेग्मी

    3.2K
    SHARES
    आर्थिक क्षेत्रमा पहुँच बढे मात्रै महिला अधिकार सुनिश्चित हुन्छः महिला तथा बालबालिका मन्त्री रेग्मी

    काठमाडौं । आर्थिक क्षेत्रमा पहुँच बढाउन सके मात्रै महिला अधिकार सुनिश्चित हुने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताएकी छन् । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले ११२औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकि हुन् ।

    ग्रामिण महिलाहरुको जीवनस्तरमा सुधार नगरेसम्म महिला अधिकार सुनिश्चित गर्न नसकिने भन्दै मन्त्री रेग्मीले कृषि उत्पादन, माछापालान, कुखुरापालन एवं घरेलु तथासाना उद्योगमा बिना धितो ऋणको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता जनाइन् । ‘उद्योग व्यवसायमा महिलाहरु उपस्थिती अहिले पनि नगन्य छ । महिलालाई बिना धितो ऋण दिएर उत्पादनदेखि बजारीकरण सम्मै राज्यले साथ दिने हो भने मुलुकको समग्र आर्थिक विकाससंगै महिला अधिकार सुनिश्चित गर्न सकिन्छ,’ उनको भनाइ छ ।

    कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आत्मनिर्भर अर्थतन्त्रका लागि महिला र पुरुष एक भएर लाग्नुपर्नेमा जोड दिए । साना उद्योगहरुलाई ग्रामिण क्षेत्रसम्मै विस्तार गर्नुपर्ने मल्लको भनाई छ । महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुलाई बजारीकरण गर्न नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने उनले बताए । अध्यक्ष मल्लले भने, ‘महिलाले उत्पादन गरेका कृषिजन्य लगायत अन्य बस्तुहरुको उत्पादन देखि सम्म नेपाल चेम्बर अफ कर्ससले सहयोग गर्छ ।सामुहिक लगानी मार्फत उत्पादन गर्न पनि म महिलाहरुलाई आग्रह गर्छु,।’

    महिलाले नेतृत्व गरेका संस्थाहरुले बढी आर्थिक पारदर्शिता कायम गर्ने अध्यक्ष मल्लको भनाई छ। साना साना उद्योगलाई ग्रामिण क्षेत्रमा विस्तार गर्न देशभरका चेम्बर जिल्ला समितिले सहयोग गर्ने अध्यक्ष मल्लले बताए । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला अधिकार व्यवहारिक रुपमा अझैपनि सुनिश्चित हुन नसकेको बताइन् । महिलाले सञ्चालन गरेका उद्योगहरुमा सहुलियत पुर्ण ऋण तथा बजारीकरण सम्म राज्यले साथ दिनुपर्ने उनको भनाई छ ।


    अर्थ चाैतारी
  • २०७८ फागुन २३, सोमबार
  • सम्बन्धित समाचार