logo

२०८२ बैशाख ९ सोमबार

logo
  • सोमबार, ९ बैशाख २०८२
  • नेष्डो लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै

    नेष्डो लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै

    8.1K
    SHARES
    नेष्डो लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ आज (म‌ंगलबार) बाँडफाँट गर्ने जनाएको छ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले आज आईपीओ बाँडफाँटको तयारी गरेको हो।

    यसअघि गत शुक्रबार बाँडफाँट गर्ने भनिए पनि आवश्यक तयारी नसकिएकाले रोकिएको थियो। आईपीओ दिउँसो १ बजे बाँडफाँट हुने बिक्री प्रबन्धकले जनाएको छ। लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो।

    त्यसमध्ये १२ हजार ७५० कित्ता सेयर कर्मचारीलाई र ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणलाई वितरण हुनेछ। पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता सेयरका लागि आवेदन परेको छ।

    मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ। त्यस अनुसार ७७ हजार ४५६ जनाले मात्रै सेयर पाउनेछन्। आईपीओ वितरणपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved