logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

    सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

    8.1K
    SHARES
    सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

    काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले २०७८ चैत्र ७ गते एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ।



    शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गर्नु भएको छ। उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ।


    अर्थ चाैतारी
  • सोमबार, ७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट