logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • शिखर इन्स्यारेन्सको कर्मचारीको क्षमता अभिवृद्धिको कार्यक्रम

    शिखर इन्स्यारेन्सको कर्मचारीको क्षमता अभिवृद्धिको कार्यक्रम

    6.5K
    SHARES
    शिखर इन्स्यारेन्सको कर्मचारीको क्षमता अभिवृद्धिको कार्यक्रम

    काठमाडौं । शिखर इन्स्यारेन्सले कर्मचारीको कार्यक्षमता वृद्धिका लागि विभिन्न खेलकुद आयोजना गरेको छ। शिखर इन्स्योरेन्सले कम्पनीले आफ्ना कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम आयोजना गरेको छ।



    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ कम्पनीको सफलतामा मुख्य भूमिका निर्वाह गर्ने कर्मचारीलाई उत्प्रेरणा प्रदान गर्न खेल कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाइ छ। कम्पनीका सकेसम्म अधिकतम कर्मचारीलाई सहभागी गराउन बिभिन्न मरोरञ्जनात्मक खेल जस्तै तीनखुट्टा दौड, फुटसल, बास्केटबल, मिउजिकल कोन, टग अफवार र कोन ब्यालेन्स जस्ता खेलहरु समावेश गरिएका छन्।

    यस्ता कार्यक्रमबाट कर्मचारीबीचको सम्बन्ध सुमधुर हुने तथा कर्मचारीमा अनुशासन, कडा परिश्रम, आत्मविश्वास र लगनशीलतालगायत विषयमा महत्त्वपूर्ण भूमिका खेल्ने तथा यसले कम्पनीको सफलतमा समेत भुमिका खेल्नेमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे विश्वास व्यक्त गरे।


    अर्थ चाैतारी
  • मंगलबार, ८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट