logo

२०८१ चैत्र ९ आइतबार

logo
  • आइतबार, ९ चैत्र २०८१
  • शेयरबजार २०.३४ अंकले घट्यो,२ अर्ब ४ करोडको कारोबार

    शेयरबजार २०.३४ अंकले घट्यो,२ अर्ब ४ करोडको कारोबार

    2.8K
    SHARES
    शेयरबजार २०.३४ अंकले घट्यो,२ अर्ब ४ करोडको कारोबार

    काठमाण्डौ । लगातार दुई दिन उकालो लागेको सेयर बजार बुधबार ओरालो लागेको छ। बजार आज २०.३४ अंकले ओरालो लागेको हो। योसँग नेप्से परिसूचक २६३०.३६ को विन्दुमा झरेको छ।

    राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.२२ अंकले घटेर ४९५.११ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार पनि घटेर २ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ११ समूहमा रातो पोतिएको छ। यो दिन व्यापार समूह ०.५ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह ०.२५ प्रतिशतले उकालो लागेको छ।

    आज वित्त समूह सर्वाधिक १.५५ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.३३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६२ प्रतिशत, विकास बैंक समूहमा १.१४ प्रतिशत, जलविद्युत समूहमा १.१६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१२ प्रतिशत, लघुवित्त समूहमा ०.४१ प्रतिशत, जीवन बीमा समूहमा ०.८८ प्रतिशत र लगानी समूहमा ०.९१ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३९ लाख ८५ हजार ५७४ कम्पनीका २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा किनबेच भएका छन्। यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ८ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। जीवन विकास लघुवित्तको ८ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ८ करोड १७ लाख रुपैयाँ, नेपाल टेलिकमको ७ करोड ६० लाख रुपैयाँ, अपी पावरको ६ करोड १० लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड २७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ, एभरेस्ट इन्स्योरेन्सको ५ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ४३ लाख रुपैयाँ र नेपाल फाइनान्सको ४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज २ वटा कम्पनीका सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा इमर्जिङ नेपालको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ९ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved