images

समाजवादी कांग्रेसले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने

  • March 28, 2022

काठमाण्डौ । वैकल्पिक धारको प्रजातान्त्रिक शक्तिका रुपमा नेपाली राजनीतिमा स्थापित हुँदै गरेको नेपाल समाजवादी कांग्रेसले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। प्रजातान्त्रिक मूल्य र मान्यताका नाममा देश विघठन गराउने प्रपन्च सहित गरिन लागेको कथित चुनाव निस्तेज पार्न सो पार्टीले जनता समक्ष अपील गरेको छ।

पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले चुनाब बहिष्कार गर्दै बहिष्कारको नमूना समेत देखाउने निर्णय गरेको छ। राष्ट्रियता, प्रजातन्त्र, हिन्दुराज्य र राजसंस्थाको मुद्दालाई बोकेर नेपाली हावापानी अनूकुलको राजनीतिक दर्शनको वकालत गर्दै आएको उक्त पार्टीले ग्रेट हिमालय सहितका दुरगामी मुद्दा बोकेको छ।

images

देश जोगाउन आफूहरु बलिदान दिन समेत पछि नपर्ने भन्दै उक्त पार्टीका अध्यक्ष गोबिन्द निरौलाले राज्य संग जस्तो सुकै मुकाबिला गर्न पनि आफु र आफ्नो पार्टी तयार रहेको बताएका छन्। पार्टीले चुनाब बहिष्कारको नीति पास गरेपछि आफुहरु माथि अनेक खालका थ्रेट आएको समाजवादी कांग्रेसका सचिव मान बहादुर गुरुङले बताए।