logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • महालक्ष्मी लाइफ इन्स्योरेन्सले असारभित्र ३० प्रतिशत सेयर बिक्री गर्ने

    महालक्ष्मी लाइफ इन्स्योरेन्सले असारभित्र ३० प्रतिशत सेयर बिक्री गर्ने

    7.4K
    SHARES
    महालक्ष्मी लाइफ इन्स्योरेन्सले असारभित्र ३० प्रतिशत सेयर बिक्री गर्ने

    काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ। २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गर्दै कम्पनीले यसबारे जानकारी दिएको हो।



    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। बीमा समितिले कम्पनीहरुलाई चुक्ता पुँजी बढाउन निर्देशन दिइसकेको छ। यसअनुसार जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब पुर्याउनुपर्नेछ। योभन्दा अघि जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब रहेको थियो।

    महालक्ष्मीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेका हुन्। प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको कम्पनीले जनाएको छ।

    क्यालेन्डर सार्वजनिक कार्यक्रममा सञ्चालकहरु उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो । कारोबार सञ्चालन भएको ३ वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखारउपशाखा सञ्चालनमा छन् भने तीन वर्षको अवधिमा कम्पनीले ३ अर्ब भन्दा बढी प्रिमियम संकलन गरिसकेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १४ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट