logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • वेगनास तालमा डिजिटल भुक्तानी गरेर डुंगा सयर, व्यवसायीले पाए क्यूआर

    वेगनास तालमा डिजिटल भुक्तानी गरेर डुंगा सयर, व्यवसायीले पाए क्यूआर

    5.4K
    SHARES
    वेगनास तालमा डिजिटल भुक्तानी गरेर डुंगा सयर, व्यवसायीले पाए क्यूआर

    काठमाडौँ । वेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ। नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा शुक्रबार वेगनास ताल डुङ्गा व्यवसायी संघमार्फत क्युआर कोड वितरण गरिएको हो। यसअनुसार वेगनास तालमा डुङ्गा चलाउने २ सय २० डुङ्गा व्यवसायीले क्युआर कोड लिएका छन्।



    कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा। रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कँडेल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटालगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताए। यस्तै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरीहार्य रहेको बताए। वेगनास तालमा क्यूआर हस्तान्तरणसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाईल बैंकिङ्गमार्फत सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन्। साथै भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् र वालेटमार्फत समेत सहजै रकम भुक्तानी गर्न सक्नेछन्। यस्तै बाह्य पर्यटकले पनि भिजामार्फत वेगनास तालमा डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन्।

    फोनपेले विदेशी पर्यटकलाई सहज बनाउनका लागि केही दिनअघि मात्र भिजासँग सहकार्य गरेको थियो। फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख २० हजारभन्दा बढी मर्चेन्ट छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाई बैकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ। क वर्गको सिभिल बैंक लि।ले ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २० चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट