logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्युठानबाट सुरु

    नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्युठानबाट सुरु

    9.1K
    SHARES
    नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्युठानबाट सुरु

    काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्युठानको जुम्री बजारचोकबाट सुरु गरेको छ।



    सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्युठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ। सरल र मर्मश्पर्सी सडक नाटक कार्यक्रमले स्थानीयस्तरमा आमनागरिकको घरदैलोमै पुगेर बीमाको महत्त्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीले विश्वास व्यक्त गरेको छ।

    नियमनकारी निकाय बीमा समितिको निर्देशनअनुसार बीमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको पनि जनाइएको छ। स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रमअगाडि बढाइएको कम्पनीको भनाइ छ।


    अर्थ चाैतारी
  • विहिबार, १२ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट