काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका हल्का कार, जीप र भ्यानको प्रतितपत्र (एलसी) खोलिदिन सरकारसँग माग गरेको छ । नाडाले शुक्रबार नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउदै सरकारसँग यस्तो माग गरेको हो ।
एक खर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको, हरेक बर्ष एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी राजश्वमा योगदान पुर्याउँदै आएको र एक लाखभन्दा माथिकालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको अटोमोबाइल क्षेत्रलाई राज्यले उपेक्षा गर्न नहुने नाडाले बताएको छ ।
उसो त सरकारले पछिल्लो समय तीब्र आयातका कारण विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि विलासिताको वस्तु भन्दै गाडीको आयातमा रोक लगाउँदै एलसी बन्द गरेको थियो । योसँगै नाडाले केही दिनअघि मात्रै निजी प्रयोजनका कार, जीप र भ्यानको आयात खुल्ला गरिदिन अर्थ मन्त्रालयसँग माग गरेको थियो ।
अर्थ चाैतारी ।