logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • एक कठ्ठा जग्गा बेच्न पनि कम्पनी चाहिने व्यवस्था उचित होइनः एमाले नेता पोखरेल

    एक कठ्ठा जग्गा बेच्न पनि कम्पनी चाहिने व्यवस्था उचित होइनः एमाले नेता पोखरेल

    7.7K
    SHARES
    एक कठ्ठा जग्गा बेच्न पनि कम्पनी चाहिने व्यवस्था उचित होइनः एमाले नेता पोखरेल

    काठमाण्डौ । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल घर जग्गाको कारोबार गर्दा विशिष्टकृत क्षेत्रबाट मात्रै कारोबार गर्न नहुने बताएका छन् ।



    शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बोल्दै उनले एक कठ्ठा जग्गा बिक्री गर्नका लागि पनि विशिष्टकृत क्षेत्रबाट मात्रै कारोबार गर्न पाउने व्यवस्था उचित नभएको बताए ।

    ‘रामबहादुरले श्यामबहादुरलाई एक कठ्ठा जग्गा बिक्री गरेर छोरीको विवाह गर्न पनि एजेन्टबाट मात्रै जाने व्यवस्था तत्काल रोकियोस भन्ने म माग गर्दछु,’ उनले भने । यसअघि सरकारले नीति तथा कार्यक्रममा अनाधिकृत रुपमा भइरहेको घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबार गर्ने व्यवस्था गर्ने घोषणा गरेको थियो ।

    घरजग्गा व्यवसायीहरूले जथाभावी प्लटिङ गरेर बिक्री वितरण गर्दै आएको भन्दै आगामी वर्ष उक्त क्षेत्रलाई व्यवस्थित गर्ने घोषणा गरेको हो । यसका लागि छुट्टै संस्था खडा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । अहिले जुनसुकै व्यक्तिले पनि कर छली गरेर सहजै तरिकाले घरजग्गा कारोबार गर्न सकिने अवस्थाले सरकारले अर्बौ रुपैयाँ राजस्व गुमाउँदै आएकाले उक्त व्यवस्था गर्न लागिएको हो ।

    नेपालमा पछिल्लो समयमा उच्च रुपमा कारोबार बढेसँगै घरजग्गाको मूल्य करिब ८० प्रतिशतसम्म बढेको छ ।साथै, विभिन्न क्षेत्रमा जथाभावी प्लटिङ हुँदै भएको छ । जसमा सरकारले हालसम्म हस्तक्षेप गर्न सकेको छैन । घरजग्गा कारोबार गर्दा वास्तविक मूल्य अर्कै र किनबेच भएको मूल्य अर्कै हुँदा सरकारले ठूलो रकमको राजस्व गुमाउँदै आएको सरोकारवालाहरूले बताउँदै आएका छन् ।

    अधिकांश व्यवसायीहरूले सरकारी मूल्याङ्कनको भन्दा ५ गुणा बढी मूल्यमा घरजग्गा बिक्री गर्दै आएका छन् । त्यसैले, यस क्षेत्रलाई संस्थागत गरी व्यवस्थित गर्ने सरकारले जनाएको छ । त्यसैगी, भण्डारीले भू–उपयोग नीति तथा कानूनअनुसार भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू-उपयोग योजना तयार गर्ने बताएकी छिन् ।


    अर्थ चाैतारी
  • शनिबार, १४ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट