काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ मा संघ, प्रदेश र स्थानीय तहको एकीकृत खर्च १४.४ प्रतिशतले बढेर रू.१३ खर्ब ६२ अर्ब १८ करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७७/७८ मा कुल एकीकृत खर्चमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्चको हिस्सा क्रमशः ५४.४ प्रतिशत, ३६.५ प्रतिशत र ९.१ प्रतिशत रहेको हो। आर्थिक वर्ष २०७६/७७ मा यस्तो हिस्सा क्रमशः ५६.० प्रतिशत, ३४.१ प्रतिशत र ९.९ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६ प्रतिशतले बढेर रु. ६ अर्ब ५७ करोड पुगेको छ। संघीय खर्च १८.० प्रतिशतले वृद्धि भई रु. ६ खर्ब ७४ अर्ब ६१ करोड पुगेको छ। संघीय खर्चमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था तर्फको खर्च अनुपात क्रमश: ७९.९ प्रतिशत, ११.४ प्रतिशत र ८.७ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा यस्तो अनुपात क्रमश: ७९.७ प्रतिशत, १४.० प्रतिशत र ६.३ प्रतिशत रहेको थियो।
अर्थ चाैतारी ।