logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • आर्थिक सर्वेक्षण २०७८/७९

    नेपालीको प्रतिव्यक्ति आय बढेर १,३८१ डलर पुग्यो, अर्थतन्त्रको आकार बढ्ने

    नेपालीको प्रतिव्यक्ति आय बढेर १,३८१ डलर पुग्यो, अर्थतन्त्रको आकार बढ्ने

    6.7K
    SHARES
    नेपालीको प्रतिव्यक्ति आय बढेर १,३८१ डलर पुग्यो, अर्थतन्त्रको आकार बढ्ने

    काठमाण्डौ । नेपालीको प्रतिव्यक्ति आय बढेर एक हजार ३८१ डलर पुगेको छ। अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय बढेको हो। गत वर्षभन्दा यस पटक १०.८ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ।



    अघिल्लो आर्थिक वर्षमा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १ सय ३५ डलरले बढेको हो । त्यस्तै चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार पनि बढ्ने अर्थमन्त्रीले पेश गरेको सर्वेक्षणमा उल्लेख छ। चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने उल्लेख छ। कोभिड महामारी विस्तारै कम हुँदै गएको र ऊर्जा क्षेत्रमा लगानी बढेकाले अर्थतन्त्रको आकार पनि बढेको जनाइएको छ।

    गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ प्रतिशत थियो। आर्थिक वर्ष ०७८/०७९ को कुल गार्हस्थ उत्पादन (उपभोक्ताको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको भएको छ। बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.१ प्रतिशत रहने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। अन्य प्रदेशमा पनि वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।


    अर्थ चाैतारी
  • आइतबार, १५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट