logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन

    युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन

    5.9K
    SHARES
    युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन

    काठमाण्डौ । सरकारले आगामी आर्थिकको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैंयाँ विनियोजन गरेको छ।



    अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षमा खेल क्षेत्रको पूर्वाधार विकासका लागि यो रकम छुट्याइएको उनले बताएका हुन्। गत वर्ष सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। सरकारले कीर्तिपुर, मुलपानी, निर्माणधीन गौतमबुद्ध क्रिकेट रंगशाला र फाफ्ला क्रिकेट मैदानको स्तर उन्नति र विकासमा सरकारले जोड दिने अर्थमन्त्री शर्माले जानकारी दिए।

    उनका अनुसार सरकारले मुलपानी क्रिकेट मैदानको निर्णमाण अर्को वर्ष पूरा गर्ने लक्ष्य लिएको छ। यस्तै, कीर्तिपुरमा रात्रीकालीन खेलकुद सञ्चालनका लागि लाइट जोडिने उनले बताए। एक स्थानीय एक खेलकुद मैदानलाई निरन्तरता दिँदै बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडमी र क्रिकेट मैदानलाई सरकारले प्राथमिकतामा राखेको छ।

    यस्तै, धनगढीको फाफ्लामा अन्तर्राष्ट्रिय स्तर मापडण्ड अनुसारको खेल मैदान र खेल ग्राम बनाउने बताइएको छ। खेलाडी र प्रशिक्षकको स्तर बढाउन प्रशिक्षण गराइने र विदेशी फ्रेन्चाइजी लिगहरुलाई नेपाल भित्र्याउने सरकारले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट