काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि रु १ अर्ब ७७ करोड विनियोजन गरेका छन्।
आइतबार संसद्को संयुक्त बैठकमा उनले प्रस्तुत गरिरहेको बजेट वक्तव्यमा विभिन्न सो रकम विनियोजन गरिएको जानकारी दिए। त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयको लागि रु २ अर्ब ४६ करोड विनियोजन गरेका छन्। खानेपानी क्षेत्रको लागि रु ३७ अर्ब ३५ करोड विनियोजन गरिएको छ।
अर्थमन्त्री शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गरिरहेका छन्।
अर्थ चाैतारी ।