logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • महासंघ भन्छ – बजेट सकरात्मक, तर उच्च आर्थिक वृद्धि लक्ष्य चुनौतीपूर्ण

    महासंघ भन्छ – बजेट सकरात्मक, तर उच्च आर्थिक वृद्धि लक्ष्य चुनौतीपूर्ण

    5K
    SHARES
    महासंघ भन्छ – बजेट सकरात्मक, तर उच्च आर्थिक वृद्धि लक्ष्य चुनौतीपूर्ण

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सकरात्मक रहेको भन्दै स्वागत गरेको छ । महासंघले आज विज्ञप्ति सार्वजनिक गर्दै आगामी वर्षको बजेट सकरात्मक भएको भन्दै स्वागत गरेको हो ।



    तर, ठूलो आकार र उच्च आर्थिक वृद्धिको लक्ष्य भने चुनौतीपूर्ण हुन सक्ने महासंघले जनाएको छ । ‘अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा महासंघले तयार पारेको भिजन–२०३० का लक्ष्य समावेश भएका छन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन र कोभिडपछिको नवउत्थान जस्ता विषयलाई केन्द्रविन्दुमा राखिएको छ ।’

    ‘बजेटमा निजी क्षेत्र प्रवद्र्धनको छुट्टै शीर्षक समावेश हुनुले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई बजेटले महत्व दिएको देखिन्छ । बजेटले कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष घोषणा गर्दै आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्षमा ३० प्रतिशतले कम गर्ने कुरा सकारात्मक छ । उक्त लक्ष्य हासिल गर्न कार्य योजना निर्माण देखि कार्यान्वयन सम्म महासंघले सरकारसंग सहकार्य गर्नेछ । कृषि व्यवसाय, तरकारीलाई डिहाइड्रेड गर्ने व्यवसाय र कोल्ड स्टोर व्यवसाय संचालन गरी प्राप्त गरेको आयमा लाग्ने करमा शतप्रतिशत कर छुटको व्यवस्थाले कृषिको व्यवसायीकरणमा सहयोग पुग्नेछ ।’ महासंघले भनेको छ ।

    यूवा उद्यमशीलता विकास गर्न र नव प्रवर्तन गर्न स्टार्टअप व्यवसायमा सुरुवाती पूँजी उपलव्ध गराउने व्यवस्थालाई बजेटले निरन्तरता दिएको महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट