logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, एभरेष्टसँगको मर्जर मुख्य अजेन्डा

    हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, एभरेष्टसँगको मर्जर मुख्य अजेन्डा

    2.4K
    SHARES
    हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, एभरेष्टसँगको मर्जर मुख्य अजेन्डा

    काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ।



    कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको एयरपोर्टस्थित एयरपोर्ट होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    विशेष साधारणसभा हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनी आपसमा मर्जर प्रयोजनका लागि डाकिएको हो। हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच गत वैशाख २३ गते मर्जर सम्झौता भएको थियो।

    मर्जर सम्झौतासँगै धितोपत्र दोस्रो बजारमा हिमालयन इन्स्योरेन्सको सेयर कारोबार रोक्का रहेकोले जेठ २५ गतेसम्म सेयरधनी लगत किताबमा नाम रहेका सबै सेयरधनीहरु विशेष साधारणसभामा उपस्थित हुन सक्ने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट