logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • एक्सेल डेभलपमेन्ट बैंकको शाखा सुनसरीको धरानमा

    एक्सेल डेभलपमेन्ट बैंकको शाखा सुनसरीको धरानमा

    5.9K
    SHARES
    एक्सेल डेभलपमेन्ट बैंकको शाखा सुनसरीको धरानमा

    काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ पहु‘च थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ सुनसरीको धरान उपमहानगरपालिका बडा नंं. ३ अन्तर्गत धरान बजारमा नयाँ शाखाको आज औपचारिक उद्घाटन गरिएको छ।



    धरान शाखाको उद्घाटन प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा र बैंकका सञ्चालक पुरुषोत्तम लम्सालले संयुक्त रुपमा गरेका छन्। आर्थिक र व्यापारिक दृष्टिकोणले मुख्य सहजका रुपमा धरान बजारमा ग्राहकलाई विभिन्न किसिमका बैंकिङ सुविधा प्रदान गर्न शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

    झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, पॉचथर र सुनसरीका विभिन्न ४३ स्थानमा शाखा कार्यालय विस्तार गरी ग्राहकसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ। यही महिनाभित्रमा मोरङको पथरीमा थप नयाँ शाखा सञ्चालनमा आउने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कार्य सञ्जाल वृद्धि गर्ने उद्देश्यका साथ पु‘जी वृद्धि योजना अघि बढाइएको बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट