logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • बतास समूहले पशुपति धर्मशालामा होटल चलाउने बाटो बन्द

    बतास समूहले पशुपति धर्मशालामा होटल चलाउने बाटो बन्द

    2.2K
    SHARES
    बतास समूहले पशुपति धर्मशालामा होटल चलाउने बाटो बन्द

    काठमाण्डौ । बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बदर गरेको छ ।



    बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले नै गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

    यसअघि पशुपति क्षेत्र विकास कोषले करार भंग भएको भन्दै होटल सञ्चालन गर्न नदिएपछि बतास समूहले अदालतमा मुद्दा दिएको थियो । जिल्ला अदालत काठमाडौंले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो ।

    सो अन्तरकालीन आदेशविरुद्ध पशुपति क्षेत्र विकास कोषले दिएको निवेदनको सुनुवाई गर्दै न्यायाधीश पोखरेलको इजलासले कोष र बतास समूहबीचको करार भंग भइसकेकाले पुनः होटल सञ्चालन गर्न दिनु कानुन बमोजिम नहुने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको हो । यो आदेशसँगै बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १८ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट