logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • उच्च ब्याजदरसहित बैंक अफ काठमाण्डूको ‘बीओके प्रिमियम प्लस बचत खाता’ सार्वजनिक

    उच्च ब्याजदरसहित बैंक अफ काठमाण्डूको ‘बीओके प्रिमियम प्लस बचत खाता’ सार्वजनिक

    3.6K
    SHARES
    उच्च ब्याजदरसहित बैंक अफ काठमाण्डूको ‘बीओके प्रिमियम प्लस बचत खाता’ सार्वजनिक

    काठमाण्डौ । ग्राहकलाई उच्चतम ब्याजदरबाट लाभान्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले ‘बीओके प्रिमियम प्लस बचत खाता’ सार्वजानिक गरेको छ।



    हाल बैंकिङ क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकलाई प्रदान गर्ने ब्याजदरभन्दा बढी ब्याजदरको ब्यवस्थासहित अन्य धैरे निःशुल्क सुविधाहरु रहेको यस बचत खाता खोली ग्राहकले उच्चतम लाभ लिन सक्ने बैंकले जनाएको छ।

    ‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको यो बचत खातामा ग्राहकले ८.०३%को उच्चतम ब्याजदर पाउनेछन्। यसका साथै रु. १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकलाई थुप्रै निःशुल्क बैंकिङ सेवाहरुको ब्यवस्था रहेको छ।

    ग्राहकले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ सेवाहरु जस्तै चेक बुक, ब्यालेन्स सर्टिफिकेट, डिम्याट अकाउन्ट, ई–कमर्स एक्टिभेसन, एबीबीएस, खाताको विवरण, मेरो सेयर, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाइल बैैंकिङ यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ।

    यस बचत खाताका विशेषताहरु निम्न छन्–
    वार्षिक ८.०३% ब्याजदरको व्यवस्था।
    न्यूनतम मौज्दात रु. १०,०००।
    त्रैमासिक रुपमा ब्याज आम्दानी हुने।
    निशुल्क चेक बुकको ब्यवस्था।
    ब्यालेन्स सर्टिफिकेटका लागि कुनै शुल्क नलाग्ने।
    सेयर कारोबारका लागि आवश्यक डिम्याट खाता निःशुल्क खोल्ने ब्यवस्था।
    विभिन्न अनलाइन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरी बैंकको कार्डबाट भुक्तानी गर्नलाई आवश्यक ई–कमर्स एक्टिभेसन सेवा निःशुल्क प्रदान गरिने।
    ग्राहकले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने।
    पहिलो वर्ष निःशुल्क मेरो सेयर सुविधा।
    निःशुल्क खाताको विवरण उपलब्ध गरिने।
    पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुविधा।
    पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङको सुविधा।
    पहिलो वर्ष निःशुल्क कनेक्ट आईपीएस सुविधा।
    यसका साथै बैंकका ग्राहकको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको यस बचत खातामा ग्राहकले आफ्नो बचत रकममा उच्चतम प्रतिफलको लाभ पाउने विश्वास बैंकले लिएको छ।
    हालसम्म बैंकले ९८ शाखा कार्यालय, ९३ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १८ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट