काठमाण्डौ । कुमारी बैंक लिमिटेडले १० (दश) वर्षे अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर भएको ऋणपत्रको बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ।
बैंकले ‘केबीएल डिबेन्चर २०८९’ ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो। बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिबेन्चर (ऋणपत्र) प्रतिकित्ता अंकित मूल्य १ हजार रुपैयाँको दरले ३० लाख कित्ता बिक्री गर्ने सम्झौता भएको हो। यो भनेको तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र हो।
सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीनमुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्। नेपाली वित्तीय क्षेत्रमा हालसम्मकै उच्चतम ब्याजदर दिनेमध्येमा सो ऋणपत्र पर्दछ। वर्तमान वित्तीय बजारमा उच्चतम प्रतिफलसहितको यस ऋणपत्रबाट खरिदकर्ताहरुले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको बैंकको भनाइ छ।
अर्थ चाैतारी ।