logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • ‘एनआईबिएल सहभागिता फण्ड’को आकार वृद्धि

    ‘एनआईबिएल सहभागिता फण्ड’को आकार वृद्धि

    2.5K
    SHARES
    ‘एनआईबिएल सहभागिता फण्ड’को आकार वृद्धि

    काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनाको आकार वृद्धि गरिएको छ।



    यसअघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार रु. ५० करोड अर्थात ५ करोड इकाइ रहेकोमा यही जेठ १७ गतेदेखि लागू हुने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएअनुरुप सो आकार वृद्धि गरी रु. १ अर्ब अर्थात १० करोड इकाइ कायम गरिएको क्यापिटलले जनाएको छ।

    योजनाको इकाइहरुको कारोबार योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालय, तोकिएका वितरकका कार्यालय र अनलाइनमार्फत गर्न सकिनेछ। यसका साथै योजनासँग सम्बन्धित अन्य विस्तृत जानकारीका लागि सोही कार्यालयमा सम्पर्क गर्न पनि क्यापिटलले आग्रह गरेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट