logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • गरिमा विकास बैंक र जंगल भिल्ला रिर्सोटबीच छुट सम्झौता

    गरिमा विकास बैंक र जंगल भिल्ला रिर्सोटबीच छुट सम्झौता

    2.5K
    SHARES
    गरिमा विकास बैंक र जंगल भिल्ला रिर्सोटबीच छुट सम्झौता

    काठमाण्डौ । आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले पर्यटकीय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुट सम्झौता गरेको छ।



    सम्झौता अनुसार उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५% छुट प्रदान गर्ने भएको छ। यस बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन्।

    हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट