logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • वित्तीय साक्षरता प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंकको र्‍याली

    वित्तीय साक्षरता प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंकको र्‍याली

    3K
    SHARES
    वित्तीय साक्षरता प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंकको र्‍याली

    काठमाण्डौ । ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरताको प्रवर्द्धनका लागि र्‍यालीको आयोजना गरेको छ । शनिबार चितवनको नारायणगढ बजारको पुलचोकदेखि भरतपुर हाइटसम्म आयोजना गरिएको उक्त र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरतामूलक नारा लेखिएका ब्यानर तथा प्लेकार्ड लिएका थिए ।



    बचत गरौँ भन्ने मूल नाराका साथ आयोजित उक्त र्‍यालीले सर्वसाधारणलाई वित्तीय कारोबारसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै वित्तीय कारोबारमा उनीहरूको पहुँच अभिवृद्धि गर्ने बैंकले विश्वास लिएको छ । र्‍यालीमा बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, उच्च व्यवस्थापन तथा कर्मचारी गरी करिब ५०० जनाको उपस्थिति रहेको थियो ।


    अर्थ चाैतारी
  • शनिबार, २१ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट