काठमाण्डौ । ‘एक खाता, एक रुख’को प्रतिबद्धता सहित लक्ष्मी बैंकले ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ।
लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’को प्रतिबद्धताअनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्यक ग्रीन सेभिंग खाताबापत बैंकले एउटा रुख रोप्नेछ। यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरणलगायत दिगो विकास लक्ष्यहरुअन्तर्गत पर्ने क्षेत्रहरु र गतिविधिमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ।
यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो ’ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ। यसै प्रतिबद्धताअन्तर्गत बैंकले पीसीएएफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ। सो साझेदारीमार्फत बैंकले औपचारिक रुपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउने छ। जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्नेछ।
यसका साथै ग्राहकलाई डिजिटल बैंकिङ माध्यम अपनाई ग्रीन बैंकिङतर्फ प्रोत्साहन गर्नका लागि लक्ष्मी बैंकले विभिन्न अफरहरु पनि ल्याएको थियो। विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताले मोबाइल मनीद्वारा कुनै पनि क्यूआर भुक्तानी गर्दा १०% (प्रतिव्यक्ति रु. ५० सम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो। यतिमात्र नभई सो दिन क्यूआर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने थियो।
हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल बैंकिङजस्ता सेवाहरुको सम्मिश्रणले सो खाता पूर्ण रुपमा कागजविहीन रहेको छ। यसका साथै यस खातामा ग्राहकले ८.०३% को उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क प्राप्त गर्न सक्नेछन्।
यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जसअन्तर्गत मोबइल मनी, डेबिट कार्ड, इन्टरनेट बैंकइङ तथा ई–मेल अलर्ट सुविधाहरु पर्दछ) १ वर्षका लागि निःशुल्क नवीकरण गर्न पनि सक्नेछन्।
ग्रीन बचत खाताको बारेमा थप जानकारी www.laxmibank.com/deposit/green-savings/ मा उपलब्ध छ।
अर्थ चाैतारी ।