logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • नाडा अटो शो–२०२२को रजिस्ट्रेसन जेठ २६ बाट खुल्ने

    नाडा अटो शो–२०२२को रजिस्ट्रेसन जेठ २६ बाट खुल्ने

    3.4K
    SHARES
    नाडा अटो शो–२०२२को रजिस्ट्रेसन जेठ २६ बाट खुल्ने

    काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आउँदो भदौ ७ देखि १२ गतेसम्म ‘नाडा अटो शो–२०२२’ आयोजना गर्ने भएको छ। यो १५ औँ संस्करण हो।



    काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीको यही जेठ २६ गतेदेखि ३० गतेसम्म स्टल बुकिङका लागि रजिस्ट्रेसन खुला गरिने नाडाले जनाएको छ। सीमित ठाउँ तर प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणका आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ।

    प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूहअनसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था नाडाले मिलाएको छ। विगतका संस्करणहरुमा उल्लेख्य रुपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्सियल भेहिकलहरुलाई पनि सम्मिलित् गर्ने उद्देश्यले कमर्सियल भेहिकलहरुको सहभागिताका लागिसमेत स्टल बुकिङ रजिस्ट्रेसन आह्वान गरिएको छ।

    कोभिड संक्रमण न्यून हुँदै जाँदा सुस्त रुपमा गति लिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताइरहेको अवस्थामा यो प्रदर्शनीले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एंव उद्यमीमाझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नयाँ उर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट