logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • नयाँ ग्रिल अपडेटसहित लन्च हुँदैछ हुन्डाईको फेसलिफ्ट भर्जन, यस्ता छन् फिचर्स

    नयाँ ग्रिल अपडेटसहित लन्च हुँदैछ हुन्डाईको फेसलिफ्ट भर्जन, यस्ता छन् फिचर्स

    1.9K
    SHARES
    नयाँ ग्रिल अपडेटसहित लन्च हुँदैछ हुन्डाईको फेसलिफ्ट भर्जन, यस्ता छन् फिचर्स

    काठमाण्डौ । हुन्डाईले निकट भविष्यमा आउन लागेको एसयूभी भेन्यू फेसलिफ्टको आधिकारिक बुकिङ सुरु गरेको छ।



    भारतमा सुरु भएको बुकिङका लागि २१ हजार भारु टोकन अमाउन्टका रुपमा दिनुपर्नेछ। एसयूभी भेन्यू फेसलिफ्टको लन्चिङ आगामी जुन १६ मा हुँदैछ। तथापि केही डिलरसिपमा पहिले नै यसको बुकिङ सुरु भएको छ। नयाँ भेन्यूमा कयौँ यस्ता फिचर थपिएका छन्, जुन पहिलोपटक यो रेन्ज मोडलमा थिएन। यसका साथै यसलाई ५ वटा भेरियन्टमा पेस गरिनेछ।

    फ्रन्टमा नयाँ ग्रिल
    हुन्डाई भेन्यू फेसलिफ्टको लुक्सलाई अपडेट गरिएको छ। यसको फ्रन्टमा नयाँ ग्रिल देख्न पाइनेछ। यस्तै स्तरीय हेडल्याम्प र टर्न इन्डिकेटर पोजिसनिङ, फ्रन्ट बम्परमा पहिलेभन्दा चौडा सेन्ट्रल एयर इनटेक र नयाँ अलाए ह्विल्स पनि थप गरिएको छ। यदि वर्तमान मोडलसँग तुलनामा गर्ने हो भने यसको टु–स्ल्याट युनिटको तुलनाममा अब आउन लागेको मोडलमा डीआरएल तीन स्ल्याट युनिटका साथ देख्न सकिनेछ।

    यो कार फुल एलईडी लाइटिङका साथ आउनेछ र तल्लो भेरियन्टमा रिफ्ल्याक्टर हुने विश्वास गरिएको छ। २०२२ हुन्डाई भेन्यू ७ वटा कलर अप्सनमा प्राप्त हुनेछ। जसमा पोलार ह्वाइट, टाइफुन, सिल्भर, फेन्टम ब्ल्याक, डेनिम ब्लु, टाइटन ग्रे र फेयरी रेड कलर अप्सनहरु छन्।

    फेसलिफ्टको इन्जिन र पावरमा परिवर्तन छैन
    अपकमिङ हुन्डाई भेन्यू फेसलिफ्टको इन्जिन र पावरमा कुनै पनि परिवर्तन गरिएको छैन। यसमा पहिलेको जस्तै १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन, १.५ लिटर डिजल इन्जिन र १ लिटर टर्बो पेट्रोल इन्जिनजस्ता अप्सनहरु रहेका छन्। यसको १.५ लिटर इन्जिनले ८२ बीएचपीको पावर र ११४ एनएमको पीक टार्क बनाउँछ।

    अर्कोतर्फ पेट्रोल मोटर १ लिटर कप्पा टर्बो जेडीआई युनिट छ। जसले ११८ बीएचपी पावर र १७२ एनएम टार्क जेनेरेट गर्छ। ट्रान्समिसनको कुरा गर्दा यो एसयूभीमा ५ स्पिड म्यानुएल ट्रान्समिसनका साथै ६ स्पिड अटोमेटिक ट्रान्समिसन अप्सन देख्न सकिन्छ।

    एलेक्सा र गुगल भ्वाइस असिस्टेन्ट फिचर
    नयाँ भेन्यूमा अपडेटेड र नयाँ फिचर्सको लामो सूची छ। यसको क्याबिनमा ६० भन्दान बढी ब्लुलिंक कनेक्टेड फिचर्स प्रदान गरिनेछ। जसमा केही एम्बेडेड भ्वाइस कमान्ड,एलेक्सा र गुगल भ्वाइस असिस्टेन्टका साथै होम टु कार(एचटूसी), क्लाइमेट कन्ट्रोल, डोर लक वा अनलक, भेइकल स्ट्याटस चेक, फाइन्ड माई कार, टायर प्रेसर इन्फर्मेसन, फ्युल लेभल इन्फर्मेसन जस्ता फिचर्स रहेका छन्।

    भितारा ब्रेजासँग प्रतिस्पर्धा
    रिपोर्टका अनुसार अपडेटेड भेन्यूलाई ७ लाख भारुमा लन्च गर्ने सम्भावना रहेको छ। आफ्नो सेग्मेन्टमा २०२२ हुन्डाई भेन्यूको प्रतिस्पर्धा मारुती सुजुकी भितारा ब्रेजा, टोयटा उर्बान क्रुजर, किआ सोनेट, एक्सयूभी३०० र क्रेटासँग हुनेछ।


    अर्थ चाैतारी
  • सोमबार, २३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट