काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २८ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ।
सभाले आर्थिक वर्ष २०७८/७९ का लागि बाह्य लेखापरीक्षक एमजीएस एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ। सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह (क) तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन मार्फत चयन गरेको छ।
कम्पनीको चुक्तापुँजी रु. २ अर्ब ५० करोड पुर्याउन कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्णय गर्न तथा त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्नलगायतका मर्जरसम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ।
अर्थ चाैतारी ।