logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • सेञ्चुरी बैंकले ल्यायो डबल धमाका मुद्दति खाता

    सेञ्चुरी बैंकले ल्यायो डबल धमाका मुद्दति खाता

    2.7K
    SHARES
    सेञ्चुरी बैंकले ल्यायो डबल धमाका मुद्दति खाता

    काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मुद्दति खाता सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन्।



    सेञ्चुरी डबल धमाका मुद्दति खाता न्यूनतम रु. १० हजारमा नै खोल्न सकिनेछ। यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ। यसका साथै यस खातामा साँवा रकमको ८०% सम्म ऋण पनि लिन सकिनेछ। यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ।

    आधुनिक बैंकिङ प्रविधिका माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

    यस खातासम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयमा सम्पर्क राख्न बैंकले अनुरोध छ।


    अर्थ चाैतारी
  • सोमबार, २३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट