logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • एक्सेल डेभलपमेन्ट बैंकको विराटनगर शाखा स्थानान्तरण

    एक्सेल डेभलपमेन्ट बैंकको विराटनगर शाखा स्थानान्तरण

    2.8K
    SHARES
    एक्सेल डेभलपमेन्ट बैंकको विराटनगर शाखा स्थानान्तरण

    काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको विराटनगर महानगरपालिका वडा नंं. ७ शनिमन्दिर चोकस्थित शाखा करिब १०० मिटर दूरी दक्षिणतर्फ धरान-विराटनगर रोडको पश्चिम दिशामा स्थानान्तरण भएको छ।



    बैंकले उक्त शाखा स्थानान्तरणसम्बन्धी औपचारिक कार्यक्रम आज मंगलबारका दिन सम्पन्न गरेको छ। उक्त स्थानान्तरित शाखाको उद्घाटन मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र बैंककी सञ्चालक सुषमा शर्मा वस्तीले संयुक्त रुपमा गरेका छन्।

    आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका भएको सहर विराटनगरमा अवस्थित उक्त शाखाबाट ग्राहकलाई विभिन्न किसिमका निक्षेप योजनामार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकताबमोजिम आवास, सवारीसाधन, व्यक्तिगत, व्यापारिकलगायत कर्जा सुविधा लिन सक्ने छन्। यसका साथै ग्राहककै रोजाइका माध्यम अर्थात एबीबीएस, सी–आस्बा, आईपीएस, कनेक्टर आईपीएस, अनलाइन क्लियरिङ, क्यूआर कोड तथा स्मार्ट मोबाइल बैंकिङ तथा भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधासहितको भिसा डेबिट कार्ड, रेमिट्यान्स सेवालगायतका अधिकांश बैंकिङ सेवाहरु प्रदान गरिँदै आएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट