logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • एनएमबि बैंकद्वारा नागार्जुनमा वृक्षरोपण, वातावरण सरंक्षणमा जोड

    एनएमबि बैंकद्वारा नागार्जुनमा वृक्षरोपण, वातावरण सरंक्षणमा जोड

    3.3K
    SHARES
    एनएमबि बैंकद्वारा नागार्जुनमा वृक्षरोपण, वातावरण सरंक्षणमा जोड

    काठमाण्डौ । एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङमा अग्रसर हुुँदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफलस्वरुप वातावरण दिवसको अवसर पारेर नागार्जुनस्थित श्यामेश्वर गणेशमान स्मृति सामुदायिक वनमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेको छ।



    उक्त सामुदायिक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातिका १२५ बिरुवा रोपिएको हो। कार्यक्रममा सामुदायिक वनका अध्यक्ष अर्जुनराज पुरी, सहायक वनअधिकृत सरस्वती अर्याल, बैंकका कर्मचारीहरुलगायत सर्वसाधारणको उपस्थिति थियो।

    वातावरणीय संरक्षण प्रवर्द्धनका साथै वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयासस्वरुप राष्ट्रव्यापी रुपमा वृक्षरोपण गरिएको बैंकले जनाएको।छ। यस योजनामार्पmत ग्राहकलाई बैंकले उचित प्रतिफल प्रदान गर्नेमात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमूलक जानकारी दिइएको सम्बन्धमा बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    एनएमबि बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ। एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट