काठमाण्डौ । खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पु¥याउने उद्देश्यले बलियो नेपाल न्यूट्रिशन इनिसिएटिभ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा विश्व खाद्य स्वच्छता दिवस काठमाण्डौमा प्यानल संवाद सहित मनाइएको छ । “स्वच्छ सन्तुलित आहार, स्वास्थ जीवनको आधार” मुख्य नारा सहित प्यानल संवाद आयोजना गरीएको थियो ।
दिगो तथा स्वस्थ जीवनका लागि उपर्युक्त मात्रामा सुरक्षित स्वच्छ तथा पौष्टिक खानको सर्वसुलभ पहुँच हुनुपर्नेमा कार्यक्रमका सहभागिले जोड दिएका थिए । विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक अनुसार संसारमा हरेक वर्ष लगभग ६० लाख (१० जनामा १ जना) मानिस दुषित तथा अस्वच्छ खानाले बिरामी हुने गर्दछन् भने लगभग ४ लाख २० हजार मानिसहरुको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार तरकारी तथा फलफूलमा जिवनाशक विषादीको अवशेष पशुपन्छीजन्य खाद्यपदार्थमा एन्टीवायोटिक अवशेष र खाद्यान्नमा ढुसीजन्य विषहरु देखिएको छ ।
गुणस्तरहीन खाद्यको उपभोगबाट प्रत्यक्ष रूपमा मानव स्वास्थ्यमा हुने नकारात्मक प्रभावलाई र खाद्य व्यापार व्यवसायमा पर्न सक्ने असरलाई संवेदनशील रूपमा हेर्नुपर्ने भन्दै कार्यक्रमका सहभागिले बताएका थिए । खाद्य स्वच्छता तथा गुणस्तरका समस्याका कारण जनमानसमा पर्ने नकारात्मक असरले राष्ट्रिय अर्थतन्त्र र व्यापारमा प्रभाव पार्ने हुँदा खाद्य स्वच्छताको महत्वलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक डा. दिनेश पराजुलीले बताए छ ।
यसै सन्दर्भमा आयोजित गरिएको यस प्यानल संवाद कार्यक्रममा नेपालमा विद्यमान खाद्य स्वछताको अवस्था, खाद्य स्वछता तथा यस सम्बन्धि नीति नियम, सरकारी तथा गैरसरकारी र निजि क्षेत्रको भूमिका, खेलकुद तथा आम जीवनमा खाद्य स्वछताको महत्व लगायतका विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी (वैद्य)ले जानकारी दिदै आफुले खाध्य सुरक्षका लागि सिमित स्रोत साधनका बावजुत भरपुर मात्रामा लागेको बताइन् ।
नेपालको प्रत्येक नागरिकको पोषण तथा स्वास्थ्य अवस्था सुधार हुनु पर्ने संवैधानिक व्यवस्था भएकोले नेपाली बालबालिकाको स्वाथ्य पनि सगमाथा जस्तै हुनुपर्नेमा बलियो नेपाल पोषण अभियानले खाद्य तथा पोषण स्वच्छता र सुरक्षाका लागि विभिन्न सरोकारवालाहरुसँग सहकार्य गर्दै बढ्ने भन्दै सबैको तर्फबाट खाध्य सुरक्षका लागीपर्न बलियो नेपाल न्यूट्रिशन इनिसिएटिभका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले प्रतिवद्धता व्यक्त गरे।
बलियो नेपाल बारे
बलियो नेपाल न्यूट्रिशन इनिशिएटिभ नागरिक समाजका प्रतिष्ठित व्यक्तिहरु सम्मिलित स्वतन्त्र समितिद्वारा संचालित एउटा गैर नाफामुलक संस्था हो । बलियो नेपाल निजि क्षेत्र, नागरिक समाज, शैक्षिक क्षेत्र तथा आम नेपाली समुदायको सामुहिक योगदानबाट नेपालमा कुपोषण न्यूनीकरण तथा सन् २०३० सम्म दिर्घ कुपोषणलाई १५% मा झार्ने दिगो विकास लक्ष्य प्राप्ति गर्ने सरकारी प्रतिबद्धतामा योगदान गर्न सुरुवात गरिएको एउटा राष्ट्रिय अभियान हो । आजको कार्यक्रमको आयोजक समेत रहेको संस्थाले सन् २०३० सम्म नेपाली बालबालिकाको पोषणको तहमा सगरमाथा जस्तै हुनुपर्ने भन्ने श्रव्य दृश्य समाग्री समेत प्रस्तुत गरेको थियो ।
अर्थ चाैतारी ।