logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक, मात्र रु. १ हजारमै मुद्दतिको ब्याजदर पाइने

    महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक, मात्र रु. १ हजारमै मुद्दतिको ब्याजदर पाइने

    3.5K
    SHARES
    महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक, मात्र रु. १ हजारमै मुद्दतिको ब्याजदर पाइने

    काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी व्रmमिक बचत खाता सार्वजनिक गरेको छ। जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाइरहेको बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो।



    मात्र रु. १ हजारमै मुद्दति खाता खोल्न सकिने ‘महालक्ष्मी व्रmमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त ब्याज त्रैमासिक रुपमा साँवामा गाभी एकमुष्ठ रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ। यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकले ५ वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन्।

    बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दति खाता योजनाअन्तर्गतको आकर्षक महालक्ष्मी व्रmमिक बचत खाता खोल्न सक्नेछन्। विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आम ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी व्रmमिक बचत खाता सञ्चालनमा ल्याएको हो। देशैभर छरिएर रहेका १०३ शाखाहरुमार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट