logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • इलामकी राईले जितिन् डिशहोममा १ वर्षको रिचार्ज गर्दा नगद रु. १ लाख

    इलामकी राईले जितिन् डिशहोममा १ वर्षको रिचार्ज गर्दा नगद रु. १ लाख

    2.4K
    SHARES
    इलामकी राईले जितिन् डिशहोममा १ वर्षको रिचार्ज गर्दा नगद रु. १ लाख

    काठमाण्डौ। अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ। यो योजनाअन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन्।



    यसै क्रममा फाकफोकथुम २, ईलामकी मन्दिरा राईले नगद रु. १ लाख जितेकी छन्। कुबेर इलेक्ट्रोनिक्स पुवाखोला, इलामका डिलर दाइकोमा एक वर्ष रिचार्ज गरेर राईले लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन्।

    डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रीव्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारी इलाममा पुगेर राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरे। विजेता राईलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ।

    लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाईलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिन्छ।


    अर्थ चाैतारी
  • बुधबार, २५ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट