logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • कागजी पिनलाई निरुत्साहित गर्न सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’

    कागजी पिनलाई निरुत्साहित गर्न सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’

    2.7K
    SHARES
    कागजी पिनलाई निरुत्साहित गर्न सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’

    काठमाडौ। सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ।



    ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो। ग्राहकले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट वा क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन्। उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटीएममा गएर पिन परिवर्तन गर्नुपर्नेछ।

    ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो। सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा एटीएम सञ्चालनमा रहेका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट