logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • विदेशी मुद्रा सञ्चिती २१‍.१ प्रतिशतले घट्यो

    विदेशी मुद्रा सञ्चिती २१‍.१ प्रतिशतले घट्यो

    2.6K
    SHARES
    विदेशी मुद्रा सञ्चिती २१‍.१ प्रतिशतले घट्यो

    काठमाण्डौ । नेपालसँग करिब ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त विदेशी मुद्रा सञ्चिती रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।



    केन्द्रीय बैंकले चालू आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै वैशाख मसान्तसम्म ९ अर्ब २८ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिती रहेको जनाएको छ। जसले ७ महिना १० दिनको वस्तु आयात र ६ महिना १७ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकको भनाइ छ।

    यता, २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिती वैशाख मसान्तसम्म आइपुग्दा २१.१ ले घटेको राष्ट्र बैंकले जनाएको छ। यस्तै, वैशाख मसान्तमा कायम विदेशी विनिमय सञ्चिती कूल गार्हस्थ्य उत्पादनको २३.६ प्रतिशत र कुल आयातको ५४.८ प्रतिशत हुन आउँछ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट