logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • सातामा ८०० ले घट्यो सुनको मूल्य

    सातामा ८०० ले घट्यो सुनको मूल्य

    3K
    SHARES
    सातामा ८०० ले घट्यो सुनको मूल्य

    काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको जानकारी महासंघले दिएको हो ।



    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ ।

    यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साता २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँमा आइपुगेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २८ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट