logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • चेरीको टिग्गो ७ प्रो र ८ प्रो औपचारिक रुपमा नेपालमा बिक्री सुरु

    चेरीको टिग्गो ७ प्रो र ८ प्रो औपचारिक रुपमा नेपालमा बिक्री सुरु

    3.4K
    SHARES
    चेरीको टिग्गो ७ प्रो र ८ प्रो औपचारिक रुपमा नेपालमा बिक्री सुरु

    काठमाण्डौं । चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल टिग्गो ७ प्रो र ८ प्रो शुक्रबारबाट औपचारिक रुपमा नेपालमा लन्च गरेको छ । नेपालमा चेरी कारका लागि एकमात्र आधिकारिक वितरक एस पी जी अटोमोबाइल्स प्रा.लिले चरी ब्रान्डको फुल्यागसिप मोडल टिग्गो प्रो दुई मोडल आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ ।



    टिग्गो ८ प्रो मा चेरी को टैक्नोलोजी समावेश छ । नयाँ यो गाडीमा फल एलईडी लक्जरी लाइट सेटर विशेष लक्जरियस लेदर सिटहरु स्ट्यान्डर्डको रुपमा उपलब्ध छन् भने धेरी अटोमोबाइलले नयाँ पुस्तामा यस मोडललाई ‘लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट’ को रुपमा निर्माण गर्न प्रयास गरिरहेको जनाएको छ ।

    टिग्गो ८ प्रो गाडीका विशेषता

    एरो इन्जिन टेक्नोलोजी र चेरी जस्ता अत्याधुनिक प्रविधिहरूको मूल्याइन गर्ने मापदण्डहरू जस्तै iHEC (स्मार्ट) कम्बस्सन सिस्टम, इन्टेलिजेन्ट स्टार्ट-स्टप (ISS) प्रकायको साथ (1.6 TGDI ) इन्जिन उत्कृष्ट एक्सेलेरेशन र अल्ट्रा-लो इन्धन खपत ल्याउन (7DCT) सँग पूर्ण रूपमा मेल खान्छ । यसले टिग्गो ८ प्रो लाई ८.९ सेकेन्डमा १०० km/h को गति बढाउन क्षमता दिन्छ र इन्धन खपत (1.6TGDI) इन्जिनको लागि प्रति १०० किलोमिटर ६.८L जति कम गर्छ । टिग्गो ८ प्रो को लम्बाई, चौडाई र उचाई क्रमशः 4722*1860*1745 मिलिमिटर छ ।

    टिग्गो ८ प्रो पारिवारिक शैलीमा नयाँ पुस्ताको ‘पिक ग्रिल’ डिजाइन अवधारणामा आधारित छ । यसमा भएको इन्टिग्रेटेड डाइनामिक टर्निङ सिग्नल सहितको फुल एलईडी हेडल्याम्प र म्याट्रिक्स डायमण्ड जस्तो फ्रन्ट ग्रिल डिजाइनले एक अद्वितीय, त्रि-आयामिक र हार्ड-एज्ड भिजुअल इफेक्टको प्रतिनिधित्व गर्दछ । यसका साथै टायर प्रेसर मोनिटरिङ सिस्टम, १८ इन्चको अलोय ह्विल, मेमोरी इनेबल मिरर, स्टाइलिस एलईडी ब्रेक लाइट र सिक्वेन्सियल टर्न सिग्नल सहितको एलईडी टेलल्याम्पले कलात्मक सुन्दरता र उच्च प्रविधिको साथ फ्ल्यागशिप दृश्य अनुभवलाई पुनः आकार प्रदान गर्छ। यसमा १९६ मिलिमिटरको प्रभावशाली ग्राउन्ड क्लियरेन्स छ जसले यसलाई सबै भू-भागका लागि उपयुक्त बनाउँछ । यो कार रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लु, न्यु खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलरमा उपलब्ध हुनेछ । टिग्गो ८ प्रो फ्ल्यागसिप मोडलको मूल्य रु ९९,५०,०००.०० तोकिएको छ ।

    चेरी अटाेमाेबाइलबारे

    Chery Automobile Co. Ltd. को स्थापना सन् १९९७ मा भएको थियो । यो चीनमा अवस्थित विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो । विगत २० वर्षमा, चेरीले पाँचवटा विश्वव्यापी अनुसन्धान र विकास आधारहरू मार्फत ५,५०० भन्दा बढी सदस्यहरूको अनुसन्धान र विकास टोली स्थापना गरिसकेको छ र चिनियाँ अटोमोबाइल ब्रान्डहरूमध्ये इन्जिन, ट्रान्समिसन, चेसिस र अन्य मुख्य प्रविधिहरूको सबैभन्दा शक्तिशाली अनुसन्धान र विकास क्षमता छ । सन् २०१२ मा चेरी र ज्यागुअर ल्यान्ड रोभर मोटर्सले चेरी ज्यागुअर ल्यान्ड रोभर मोटर्स कम्पनी लिमिटेडको स्थापनाका लागि संयुक्त रूपमा लगानी गरेका थिए ।


    अर्थ चाैतारी
  • शनिबार, २८ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट