logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • नुवाकोटको प्रशारण लाइनमा पुरुष हिँड्दा प्राधिकरणलाई ६० लाख घाटा, उद्धारका लागि सेना गुहारियो

    नुवाकोटको प्रशारण लाइनमा पुरुष हिँड्दा प्राधिकरणलाई ६० लाख घाटा, उद्धारका लागि सेना गुहारियो

    10K
    SHARES
    नुवाकोटको प्रशारण लाइनमा पुरुष हिँड्दा प्राधिकरणलाई ६० लाख घाटा, उद्धारका लागि सेना गुहारियो

    काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो रुपैयाँ बराबरको घाटा भएको बताए ।



    घिसिङले भने– ‘उनलाई तल झार्न दिनभर प्रयास गर्दा पनि सफल भएको छैनौँ । विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भइरहेको छ । विद्युत उत्पादन बन्द गर्दा काठमाडौंमा बिजुली पुर्याउन गाह्रो हुन लागेको छ । झन्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको छ । प्रहरीले पनि तल झार्न प्रयास गरिहेको छ । के गर्ने के नगर्ने भइरहेको छ ।’ नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन ।

    बिहान ११ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको घिसिङले बताए । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र सेनालाई गुहारेको छ । उनले भने– ‘तारमा गएर उसलाई तल झार्न पनि सम्भव छैन्, बोलाउँदा झन् झन् माथि गइरहेको छ । नेपाली सेनालाई पनि भनेका छौँ, सिडिओ पनि लागिरहनुभएको छ । आर्मीले हेलिकप्टर लिएर जाँदा पनि उद्धार गर्नुपर्ने मान्छे नै तयार भएन भने के गर्ने ? समातेर ल्याउन पनि नमिल्ने अवस्था छ ।’

    घिसिङले ती ब्यक्तिमा मानसिक समस्या रहेको बताए । उनले भने–‘ विद्युत टावरमा हतपत्त मान्छे चढ्दैनन् । कि आत्महत्या गर्न गएको हुनुपर्यो ।’ ५ घण्टादेखि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द भएपछि काठमाडौंमा विद्युत वितरणमा केही समस्या हुने उनले बताए । प्रशारण लाइनमा हिँडिरहेका विकको उद्धार प्रयास जारी रहेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २८ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट