logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • चिनीको भाउ बढ्यो, प्रतिकेजी रु. १०५ पुग्यो

    चिनीको भाउ बढ्यो, प्रतिकेजी रु. १०५ पुग्यो

    2.1K
    SHARES
    चिनीको भाउ बढ्यो, प्रतिकेजी रु. १०५ पुग्यो

    काठमाण्डौ । बजारमा चिनीको भाउ बढेको छ। नेपाल खुद्रा व्यापार संघले चिनीको मूल्य बढेर प्रतिकेजी १०५ रुपैयाँ पुगेको जनाएको छ।



    संघका अनुसार चिनीको मूल्यमा प्रतिकेजी ५ रुपैयाँ बढेको छ। संघको जेठ १५ को तथ्यांकअनुसार चिनी प्रतिकिलो १०० रुपैयाँ थियो। पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले चिनीको मूल्य बढाउन बाध्य भएको संघले जनाएको छ।

    भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएदेखि नै चिनीको मूल्य प्रतिकिलो २ रुपैयाँदेखि ३ रुपैयाँसम्म उद्योगीले नै बढाइरहेको संघले जनाएको छ। फेरि नयाँ चिनी ल्याउँदा उपभोक्ता मूल्य अझै बढ्न सक्ने संघले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ३० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट