logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • हिमाल सफाइ अभियानमा जेजीआई नेपाल फाउन्डेसनको रु. १५ लाख सहयोग

    हिमाल सफाइ अभियानमा जेजीआई नेपाल फाउन्डेसनको रु. १५ लाख सहयोग

    2.1K
    SHARES
    हिमाल सफाइ अभियानमा जेजीआई नेपाल फाउन्डेसनको रु. १५ लाख सहयोग

    काठमाण्डौ । जेजीआई नेपाल फाउनडेसनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली सेनाको हिमाल सफाइ अभियानलाई रु. १५ लाख सहयोगस्वरुप प्रदान गरेको छ।



    नेपाली सेनाले अन्य सरकारी निकाय र निजी क्षेत्रहरुसँगको सहकार्यमा दुईवटा हिमाल सफाइ अभियान (२०१९ र २०२१) सफलतापूर्वक सञ्चालन गरेको छ। यसैगरी पर्वतीय सरसफाइको अभियान २०२२ मा नेपालको चार हिमालय (सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुुबाट) ३५ टन हिमाली फोहोर संकलन गरी पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ।

    गत जेठ २२ गते विश्व वातावरण दिवसको दिन यो हिमाल सफाइ अभियान २०२२ सफलतापूुर्वक सम्पन्न भएको थियो। जेजीआई नेपाल फाउन्डेसन विजयकुमार शाह र जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्य गर्नका लागि स्थापना गरेको संस्था हो। शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक सहयोग, लैंगिक समानता र वातावरणको क्षेत्रहरुमा संस्थाले मद्दत गर्नेछ।


    अर्थ चाैतारी
  • सोमबार, ३० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट