logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियान: महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना

    ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियान: महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना

    2.8K
    SHARES
    ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियान: महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना

    काठमाण्डौ । ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्यचौकीमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।



    स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएका थिए। शिविरबाट १५० जनाभन्दा बढी महिला प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्। बैंकद्वारा आयोजित शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको थियो।

    ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ३० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट