काठमाण्डाै । नेपाल ब्रोकर एसाेसिएसनको आयोजनामा ब्रोकर कम्पनी, मर्चेण्ट बैंकरलगायतका पूँजी बजारसँग सम्बन्धित निकायहरुबीच फुटसल प्रतियोगिता सम्पन्न भयाे ।
एसब्यानले खेलकुद क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरुलाई अगाडि बढाउने क्रममा ‘फुटसल फर युनिटीको नारा’ सँगै नेपालमै पहिलो पटक पूँजी बजारसँग सम्बन्धित सम्पूर्ण निकायहरुलाई समेटी “SBAN Capital Market Futsal Cup 2022” को आयोजना गरेको हाे । यो प्रतियोगिता चण्डोल स्थित ढुकु फुट्सल हबमा शनिबारदेखि सुरु भएको हो। यो कुल चार दिनसम्म सञ्चालन हुनेछ।
नेपाल स्टक एक्सचेञ्जका कृष्णबहादुर कार्कीकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा स्टक ब्राेकर एसाेसियसनका अध्यक्ष सन्ताेष मैनाली, मर्चेन्ट बैकर्स एसाेसिएसन अफ नेपालका मेखबहादुर थापा र नेपाल फुटसलका हेड काेच गाैरव बस्नेतकाे उपस्थिति थियाे । सेबोन, सिडिएस एण्ड क्लियरिङ लि, धितोपत्र दलाल ब्यवसायी, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ एजेन्सी, निक्षेप सदस्यलगायत अन्य पूँजी बजारसँग सम्बन्धित निकायका ३६ टिमको सहभागिता यस प्रतियोगितामा रहेका छन्।
प्रतियोगितालाई पारदर्शी बनाउन तथा यसको प्राविधिक पक्षको उचित सन्चालनका लागि एन्फाद्वारा प्रमाणित रेफरीहरुमा सम्पूर्ण खेलहरुको नियन्त्रण रहेको छ। धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु तथा तीनमा कार्यरत कर्मचारीहरुबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यो प्रतियोगिता हरेक बर्ष आयोजना गरिने ब्रोकर एसाेसिएसनले जनाएको छ।
अर्थ चाैतारी ।