logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • एनएमबी बैंकद्वारा लालबन्दीका किसानलाई वित्तीय साक्षरता तालिम

    एनएमबी बैंकद्वारा लालबन्दीका किसानलाई वित्तीय साक्षरता तालिम

    2.2K
    SHARES
    एनएमबी बैंकद्वारा लालबन्दीका किसानलाई वित्तीय साक्षरता तालिम

    काठमाण्डौ । एनएमबी बैंकद्वारा सर्लाहीको लालबन्दीका तरकारी उत्पादक कृषकलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ। कार्यक्रममा तरकारी उत्पादक समूहका करिब १५० जना कृषकहरुको उपस्थिति रहेको रहेको बैंकले जनाएको छ।



    बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरुसँग अन्तरकृया समेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो।

    कार्यक्रममा एनएमबी बैंकका तर्फबाट लघुवित्त विभागका प्रवन्धक शरद पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए।

    सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ। यस क्षेत्रका करिब १,५०० किसानहरु प्रत्यक्ष रुपमा व्यवसायिक तरकारी खेतीमा लागेका छन्। एनएमबी बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो।


    अर्थ चाैतारी
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट