काठमाण्डौं । विश्वबजारमा विद्युतीय गाडी (इभी)को माग अत्याधिक बढ्दै गएको छ । विश्वका ठूला ठूला कम्पनीहरु पनि विद्युतीय गाडी उत्पादन गर्न प्रतिस्पर्धामा नै लागि परेका छन् । अझ त के भने टाटा, हुन्डाई जस्ता एशियाली बजारमा प्रभुत्व जमाएका कम्पनीहरु पनि इभी गाडी उत्पादनमा लागि परेका छन् ।
नेपालमा हाल सम्म पाँच कम्पनिले विद्युतीय गाडी (इभी) विक्रीबितरण गर्दै आएका छन् । हुन्डाइको विद्युतिय गाडी एकदमै न्यून संख्यामा विक्री भएको र मुल्य करिब ८० लाख बराबर भएकाले हामीले आज अन्य गाडीसंग तुलना गरेका छैनौं । त्यस्तै सोहि दाँजोमा पर्ने एल्न मस्को को कम्पनी टेस्लाका गाडी समेत अत्याधुनिक र लक्जरियसमा पर्ने भएकाले यसमा तुलना गरिएको छैन। पछिल्लो समय लो बजेट फ्रेममा विद्युतीय कार नेपाल भित्र्याएका तिन कम्पनीले कारको मोडल अनुसार फरक फरक मुल्यमा विक्री गर्दै आएका छन् । सीजीले नेपालको बजारमा एकाधिकार जमाएका अन्य कम्पनीको तुलमा निकै सस्तो विद्युतीय कार विक्री गरेको भन्दै आलोचना खेपिरहेको छ ।
विद्युतीय सार्वजनिक सवारी विक्रीमा सीजीको प्रवेश, विद्युतीय कार पछि माइक्रोबस भित्र्याउँदै
इभी सवारी साधनको बजारमा सीजीको प्रवेश संगै कम्पनीले इभिमा धेरै नाफा राखेको विषयले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस चलिरहेको छ । सबैले नेपालमा सीजीले कसरी सस्तो बेच्यो वा गाडिमा कुनै खराबी भएको बताउँदै तर्क विर्तक गर्दै आएका छन । यसै विषयमा हामीले सीजी मोर्टस संग कुरा गर्दा उस्ले कुनै कमी नभएको र सीजीले नेपालमा भएका पेट्रोलीयम गाडीलाई विस्थापीत गर्ने उद्येश्य राखेर न्यूनत मार्जिनमा बिक्री गरेको बतायो । उता यस्तै दावि रहयो टाटाको आधिकारीक विक्रेता सिप्रदी र एमजी को आधिकारीक विक्रेता पारामाउन्टको समेत । तर अर्थ चौतारीलाई प्राप्त तथ्यका आधारमा चिनिया बजारबाट ल्याएर नेपालमा सरकारले तोकोको अधिक्तम २० प्रतिशत आधिकारीक विक्रेता र डिलरले मुनाफा खान पाउने व्यवस्थाको उल्लंघन गरेको पाइएको छ ।
यसरी सस्ताे पर्छ विद्युतीय गाडी चिनमा
चीनको केन्द्र सरकारले दिने सहुलियत प्रति कार २,८०० डलर, प्रान्तीय सरकार १,५०० डलर र कार्बन उत्सर्जन कम गरेबापत १,००० अमेरिकी डलर सहुलियत उपलब्ध गराउँदै आएको छ । सबैभन्दा महत्वपूर्ण विषय नै यसैलाई बनाएर अफवाह फैलाइएको छ । चीनमा हुने बिक्री मूल्य त्यहाँको सरकारले दिएको सहुलियतमा आधारित छ भने नेपाल तथा अन्य देशमा आयात हुने कारमा त्यस्तो सहुलियत दिइँदैन। त्यस्तै चिनिबाट नेपाल गाडी भित्र्याउँदा चिनका विभिन्न प्रदेश हुँदै आउने र तत् प्रदेशको बाटोको कर समेत जोडिदै नेपालको सिमासम्म रेलको माध्यम तथा त्यस भन्दा यता चलाएर ल्याँदा महाँगो हुने गरेको कम्पनी बताउँछन् । तर टाटाको नेक्सान इभी भने सिधै नेपाली भन्सारसम्म आयात हुने र भारतमा केन्द्र सरकारको कर बाहेक थप कुनै प्रदेशमा कर लाग्दैन । तर पनि विभिन्न कम्पनीहरुले आफुअनुकुल नाफा खाँदै आएका छन् ।
निटा भी
धेरैले हालै सार्वजनिक भएको निटा भीको मूल्य बारे प्रश्न उठाएका छन् । होजोनले उत्पादन गरेको निटा भी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्स रहेको छ । जसमा चीन सरकारले दिइएका विभिन्न सहुलियतहरु नेपाल तथा अन्य मुलुकमा निर्यात हुने कारमा लागु नहुने विषय उल्लेख गरेको थियो। यो कारको सीआईएफ भ्यालु १८,६०० अमेरिकी डलर रहेको छ । निटा भीको नेपालमा लाग्ने भन्सार, भ्याट, रोड ट्याक्ट तिरीसकेपछिको ल्यान्डेड लागत ३०,१०,१९७ रुपैयाँ देखिएको छ । यो कारमा यो कारमा ३८.५ किलोवाटको एनएमसी ब्याट्री छ भने यसमा हिट पम्प छ । निटा भीको चिनियाँ बिक्री मूल्य ११,५०० डलर छ भने यसको एफओबी १६,५०० डलर छ ।
निटा भीले एक पटकको फुल चार्जमा ३८० किलोमिटर रेन्ज दिनेछ। निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। निटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा छ। निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ। गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली छ। नेपाली बजारमा निटा भी विभिन्न ५ कलरमा उपलब्ध छ भने यसको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको फास्ट चार्जर र एक वर्षको बीमाको बीमा निःशुल्क उपलब्ध गराउने भएको छ।

चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले ‘निटा भी’ मार्फत विद्युतीय सवारीमा ‘डेब्यू’
एमजी
एमजीको विद्युतीय कार विगत केही वर्षदेखि नेपाली बाजरमा बिक्री हुँदै आएको छ । गएको वर्ष एमजी एजेएस नेपाली बजारमा सवार्धिक बिक्री हुने विद्युतीय कार थियो। यो कारको सीआईएम मूल्य २५,५०० डलर, ल्यान्डेड लागत ४२,९७,५५० रुपैयाँ देखिन्छ । जेडएस इभीको नेपालमा बिक्री मूल्य ५१,००,००० रुपैयाँ छ भने यसमा ८,०२,४४९ रुपैयाँ भ्यालु एड भएको छ । यो कारको चिनियाँ बिक्री मूल्य १७,९०० अमेरिकी डलर छ । जेडएस इभीको एफओबी मूल्य २३,३०० डलर छ भने यसको चिनियाँ बिक्री मूल्य र एफओबीको अन्तर ५,५०० डलर देखिएको छ । जेडएसमा ४४.५ किलोवाट आवरको लिथियम आयोन व्याट्री र ११२ किलोवाटको इलेक्ट्रीक मोटर्स दिइएको छ । यसमा रहेको व्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने छ । यसलाई ७ किलोवाट क्षमताको चार्जरबाट घरमा चार्जगर्दा ६ देखि ८ घन्टामा फुल चार्ज हुन्छ । कम्पनीले स्ट्यान्डर्ड रेन्ज भेरिएन्ट अर्थात ५१ किलोवाट क्षमताको नेपाली बजार मुल्य ५१ लाख ९९ हजार निर्धारण गरेको छ भने लङ रेन्ज भेरिएन्ट अर्थात ७२ किलोवाट क्षमताको नेपाली बजार मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले ब्याट्रीमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ ।

टाटा नेक्सन इभी
टाटाको नेक्सन इभी नेपाली बजारमा रुचाइएको अर्को विद्युतीय कार हो। यो कार भारतको चर्चित कमर्सियल तथा प्यासेन्जर कार उत्पादक कम्पनीले उत्पादन गरेको छ । भारतमा समेत सरकारले विद्युतीय कारमा विभिन्न किसिमका सहुलियत दिँदै आएको छ । नेक्सन इभीको सीआईएफ मूल्य २०,००० डलर, ल्यान्डेड लागत ३२,३६,७७२ रुपैयाँ रहेको छ । त्यस्तै नेपाली बजारमा यसको बिक्री मूल्य ४०,००,००० रुपैयाँ रहेको छ । नेक्सन इभीमा ७,६३,२२८ रुपैयाँ भ्यालु एड भएको तथ्यांकले देखाउँछ । नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री रहेको छ जसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर यात्रा गर्न सकिन्छ । नेक्सन–इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाइ छ भने जसको लागि डिसीचार्जर प्रयोग गर्नु पर्ने छ । टाटा नेक्सन इभी विभिन्न तीन भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछः नेक्सन–इभी एक्सएम, एक्सभी प्लस र एक्सजेड प्लस एलयुएक्स । टाटा नेक्सन इभीको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ) र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर (जुन पहिला आउँछ) को वारेन्टी दिइएको छ ।

हेर्नुहोस कति पर्छ त यि गाडीको मुल्य चिनमा तुलना सहित

अर्थ चाैतारी ।