logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • सानिमा बैंकको ‘प्रायोरिटी काउन्टर’ नयाँ बानेश्वरमा

    सानिमा बैंकको ‘प्रायोरिटी काउन्टर’ नयाँ बानेश्वरमा

    3K
    SHARES
    सानिमा बैंकको ‘प्रायोरिटी काउन्टर’ नयाँ बानेश्वरमा

    काठमाण्डौ । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर आज असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ।



    आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको हो। यस प्रायोरिटी लाउन्जबाट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ।

    नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं संयुक्त रुपमा गरे। सो समारोहमा डिल्लीराम अधिकारीलगायत अन्य ग्राहकले नयाँ बानेश्वरमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाइ तथा धन्यवाद ज्ञापन गरे।

    यसका साथै बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए। सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा एटीएम सञ्चालनमा रहेका छन्।


    अर्थ चाैतारी
  • बुधबार, १ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट