logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच ट्याक्टर खरिदमा लगानी गर्ने सम्झौता

    सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच ट्याक्टर खरिदमा लगानी गर्ने सम्झौता

    2.4K
    SHARES
    सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच ट्याक्टर खरिदमा लगानी गर्ने सम्झौता

    काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सुदूरपश्चिमस्थित धनगढीका किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।



    सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सोलिस र सोनालिका ट्याक्टर खरिद गर्न विपन्न वर्ग कर्जाअन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले बाई ब्याक ग्यारेन्टी सुविधासमेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ।

    सम्झौतापत्रमा बैंकका तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविनकुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरेका छन्।


    अर्थ चाैतारी
  • बुधबार, १ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट