logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • कुमारी बैंक लिमिटेडका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलमा विशष छुट

    कुमारी बैंक लिमिटेडका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलमा विशष छुट

    3.5K
    SHARES
    कुमारी बैंक लिमिटेडका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलमा विशष छुट

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलस्थित ड्रिम इन्टरनेसनल होटेलमा विशष छुट पाउने भएका छन्।



    कुमारी बैंक र ड्रिम इन्टरनेसनल होटेलबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारी भएको हो। सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ड्रिमल्यान्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक राजेन्द्र पौडेलले हस्ताक्षर गरेका छन्।

    डिजिटल कारोबारमा ग्राहक आकर्षित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस सहकार्यमार्फत उक्त होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो। बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले उक्त होटेल बसाइमा रुम शुल्कमा १५%, खानपानमा १०% र बेभरेज १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

    कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट